+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
१९ बलमा ५१ रन आवश्यक
चितवन राइनोज 2025
119/9 (16.5)
Shares

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना   

रासस रासस
२०८१ असार १५ गते २०:१६

१५ असार, धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र बनेपा नगरपालिका–६ बुडोलमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ ।

नगरपालिकाले निर्माण गरेको सपिङ कम्पलेक्समा रहेको कार्यालयको बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

बनेपा भएर छिमेकी देशहरूसँगै सीमा जोडिने बिपी राजमार्ग र अरनिको राजमार्ग भएको कारण यहाँ कार्यालय स्थापना गर्नु अतिआवश्यक भएको मन्त्री लम्सालले बताए । ‘यहाँ कार्यालय स्थापना गर्न आवश्यक थियो, सो कार्य आजबाट पूरा भएको छ’, उनले भने, ‘यस विभागबाट पाँचवटा जिल्लाले सेवा पाउनेछन्, कार्यालय स्थापना भएसँगै अब सेवा लिनका लागि राजधानीसम्म धाइरहनु पर्दैन ।’

विभागलाई नमूना कार्यालय बनाउन कर्मचारीले मेहनत गर्नुपर्ने र गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई मन्त्री लम्सालले निर्देशन दिए ।

प्रदेश सरकारले रोजगारी सिर्जनाको कार्यक्रम अघि बढाएको बताउँदै उनले त्यसका लागि ठोस कार्यक्रमसहित अघि बढ्न बजेटमा व्यवस्था गरेको बताए । उनले महिलाहरूलाई सवारी चालकको सीप सिकाउन ४८ लाख रुपैयाँ बजेट छुट्याएको बताउँदै कार्यविधि बनाएर उत्कृष्ट सवारी चालक र सहचालकलाई सम्मान गर्ने कार्यक्रम मन्त्रालयले ल्याएको उल्लेख गरे ।

मन्त्रालयले जेठसम्ममा १० अर्ब राजस्व सङ्कलन गरेको उनले जानकारी दिए ।

कार्यलयले प्रारम्भिक चरणमा सवारी दर्ता, नामसारी, नवीकरण, प्रतिलिपि जारी, सवारी जाँचपास (प्राविधिक निरीक्षण/परीक्षण)सम्बन्धी कार्य, बाटो इजाजात (रुट परमिट) प्रदान र नवीकरणसम्बन्धी सेवा दिनेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?