
प्रतीकारात्मक स्केच ।
२६ असार, काठमाडौंं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन् ।
प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र.३-०१-००५ख ९८६६ न.को बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो । घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4