
२६ असार, धनगढी । कैलालीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुने गोदावरी–८ का नन्दराम चौधरी छन् ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखकराज जोशी घाइते भएका छन् ।
जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक हेटौँडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4