+
+

मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १७:४८

२६ असार, काठमाडौं । जेठ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थितिअनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४.१७ प्रतिशत छ ।

यो मूल्यवृद्धि दर २०७८ भदौयताकै न्यून हो । राष्ट्र बैंकका अनुसार २०७८ भदौमा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशतमा झरेको थियो । त्यसपछिका महिनाहरूमा ४.१७ प्रतिशतभन्दा माथि रहँदै आएको थियो ।

गत वर्षको जेठमा उपभोक्ता मूल्य वृद्धिदर ६.८३ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९४ प्रतिशत छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क  १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ ।

घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ५.५१ प्रतिशत घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ ।

जेठ महिनामा काठमाडौं उपत्यकाको उपभोक्ता मूल्यवृद्धि दर ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको ४.६३ प्रतिशत र हिमालको ४.७७ प्रतिशत छ ।
अघिल्लो वर्षको सोही महिनामा काठमाडौं उपत्यकाको ७.१९ प्रतिशत, तराईको ६.९३ प्रतिशत, पहाडको ६.२८ प्रतिशत र हिमालको मूल्य वृद्धिदर ६.३९ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?