+
+

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्सान बीच त्रिपक्षीय सम्झौता

जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १८:३८

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड र जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् ।

जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ ।

बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान चाहने विद्यार्थीलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास तीनै पक्षको छ ।

जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजातसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पछि बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

यसैगरी आईएमईले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीको कलेज शुल्क, भिसा शुल्क लगायतका भुक्तानीका लागि बैंक तथा जाल्सानसँग समन्वय गरी सहजता प्रदान गर्ने जनाइएको छ ।

जापान गए पछि विद्यार्थीले आफ्नो देशमा आईएमईबाटै सजिलैसँग पैसा पठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?