+
+
Shares

थारू भाषा साहित्यमा योगदान दिने २ श्रष्टा प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्‍मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २७ गते १७:३७

२७ असार, काठमाडौं।  सरकारले थारू भाषा साहित्यमा योगदान दिने दुई जना श्रष्टालाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्‍मान गरेको छ ।

सप्तरीका बुद्धसेन चौधरी र सुर्खेतका मानबहादुर चौधरी ‘पन्ना’ लाई प्रदेश प्रतिभा पुरस्कारबाट सम्‍मान गरेको हो । बिहीबार उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले एक समारोहका बीच नगद ५० हजार र प्रमाणपत्रसहित सम्‍मान गरेका हुन् ।

मधेश प्रदेशका बुद्धसेन चौधरी थारू मानक भाषाका मस्यौदाकार समितिका सदस्‍य तथा थारू भसा साहित्य केन्द्र नेपालले निकाल्‍ने बसघरा पत्रिकाका सम्पादक हुन्। यस्तै कर्णाली प्रदेशका मानबहादुर चौधरी साझा बिसौनी दैनिकको थारु भाषा विशेष परिशिष्टाङ्क ‘फूलुवार’ का सम्पादक हुन् ।

यस्तै प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा कोशी प्रदेशबाट खोटाङका राम विक्रम थापा, बागमती प्रदेशबाट ललितपुरका राजु महर्जन,  गण्डकी प्रदेश पुरस्कारबाट कास्कीका भीम बहादुर रानाभाट, लुम्बीनी प्रदेशबाट प्‍युठानकी रिमा केसी र सुदूरपश्चिम प्रदेशबाट अछामका आरपी तिमिल्सिना रहेका छन् ।

यस्तै सरकारले भाषा तथा साहित्य विधातर्फ राष्ट्रिय पुरस्काबाटर गण्डकी प्रदेशका वसन्तबहादुर बराकोटीलाई प्रदान गरेको छ भने संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार नुवाकोटका केदारप्रसाद पाठकलाई प्रदान गरेको छ ।

यस्तै संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरूमा कोशी प्रदेशबाट पाँचथरका भीम प्रदसाद योङहाङ ‘यासेली’, मधेश प्रदेशबाट सर्लाहीका  भक्त प्रसाद रिजाल, बागमती प्रदेशबाट भक्तपुरका डा. शशी थापा पण्डित, गण्डकी प्रदेशबाट पोखराका यारजङ गुरूङ,  लुम्बीनी प्रदेशबाट रोल्पाका जीवन प्रवेश रोका मगर, कर्णाली प्रदेशबाट, मनोहर लामिछाने र सुदुरपश्चिम प्रदेशबाट धनगढीका हरिकृष्ण कडायत रहेका छन् ।

प्रादेशिक प्रतिभा पुरस्कार पाउने स्रष्टाहरूलाई नगद ५० हजार रुपैयाँ र राष्ट्रिय प्रतिभा पुरस्कार पाउने श्रष्टाहरूलाई १ लाख रुपैयाँ पुरस्कार तथा प्रमाणपत्रले सम्‍मान गरिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?