+
+

इन्ट्राडेमा सेयर बजार २६ महिनाकै उच्चतम अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १३:०८

काठमाडौं, असार ३० । आइतबार धितोपत्र बजारमा कारोबार भइरहँदा (इन्ट्राडेमा) नेप्से परिसूचक २ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ८६ अंक बढेर २२९० पुग्यो । जुन अंक २८ वैशाख २०७९ यताकै उच्च हो ।

करिब करिब सर्किट ब्रेक लाग्ने अवस्थामा पुगेपछि बिक्रीमा चाप पर्न गयो । दिउँसो १ बजेसम्म नेप्से परिसूचक २२५० अंकमा कायम भएको छ । यो समयसम्म ४ अर्ब २४ करोडको कारोबार भयो ।

२०८ कम्पनीको मूल्य बढ्दा २९ को घटेको छ भने ५ को स्थिर रहेको छ । यतिबेलासम्म बैंकिङ समूहको सूचक सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ । लगानी, जीवन बीमा, हाइड्रोपावर, अन्य र व्यापार समूह २–२ प्रतिशतभन्दा धेरै बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?