+
+
Shares

सरला गौतमको उपन्यास ‘अम्रिकाने काशी’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १५:४६

लेखक सरला गौतमको उपन्यास ‘अम्रिकाने काशी’ लोकार्पण तथा परिसंवाद भएको छ । शनिवार आयोजित एक समारोहमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, समलिंगी अभियान्ता सुलिबाबु पन्त र लेखक भूषिता वशिष्ठले पुस्तक लोकार्पण गरेका थिए ।

समलिंगी अभियन्ता सुनिलबाबु पन्त, भूषिता वशिष्ठ र लेखक सरला गौतमबीचको परिसंवादमा समकालीन नेपाली लेखनका फरक विषयमा पुस्तक लेखिनुपर्ने चर्चा भए । भूषिताले चेनतशील कुकुरको कथा लेख्न केले प्रेरित ग¥यो भन्ने प्रश्नमा सरलाको जवाफ थियो, ‘जनवार र प्रकृतिको नैसर्गिक लोकतन्त्रमा मानसिहरुले धावा बोलिरहेका छन् । यस्तो अवस्थामा कुकुरको चेतनासँग मानवीय कथालाई भन्न सकिने भएकाले यो उपन्यास लेखें । पढ्दा काल्पनिक लागेपनि हामीले देखेर पनि बेवास्ता गरिरहेको हाम्रै समाजको कथा हो यो ।’

उपन्यास पढिसकेपछि आफूलाई किताबसँग कसरी जोड्नुभयो भन्ने भूषिताको प्रश्नमा सुनीलबाबु पन्तले भने, ‘म समलिंगी भएर संसदसम्म पुगें । समाजका जे जस्ता फोरमहरुमा आफूलाई उभ्याएँ, त्यस्तै कथा उपन्यासको पात्र काशीको पाएँ । कथामा आफूलाई नै रिलेट गरें । उपन्यास अनिवार्य पठनीय छ ।’ यस मेसोमा खस्कँदै गएको मानवीय संवेदना, मासिंदै गएको वातावरण र जीवजन्तुको जीवनप्रति चिन्ताका बारेमा वत्ताहरुवीच बहस भएको थियो ।

मुस्ताङकको लेतेमा जन्मिएको कुकुर काशीले आफ्ना हक अधिकारका लागि अमेरिकासम्म पुगेर आएको र अधिकार स्थापनाका लागि मानव समाजसँग गरेको संघर्षको कथा उपन्यासमा चित्रण छ । बुकहिल पब्लिकेशनले प्रकाशन गरेको १६४ पृष्ठको सचित्र पुस्तकको मूल्य ५ सय रुपैयाँ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?