+
+

सरप्राइज दिंदै दिलजीत दोसाँझको कन्सर्टमा पुगे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १३:३३

काठमाडौँ । भारतीय गायक तथा अभिनेता दिलजीत दोसाँझलाई यस वर्ष फापेको देखिन्छ । इम्तियाज अलीसँगको फिल्म ‘चमकिला’मा दिलजीतको निकै प्रशंसा भयो । विदेश भ्रमणमा समेत उनले सफलताको स्वाद चाखिरहेका छन् ।

दिलजीतका लागि यतिबेला अर्को गौरवको क्षण आइपुगेको छ । क्यानडामा उनको शो हेर्न प्रधानमन्त्री जस्टिन ट्रुडो आफैं पुगेका थिए । सो कन्सर्टमा अचानक पुगेका ट्रुडोले दिलजीतसँग तस्वीर खिचे र स्टेजका रमाइला पल पनि सेयर गरे ।

प्रधानमन्त्री ट्रुडोले दिलजीतसँगको तस्वीर सेयर गरेका छन् । पहेंलो सर्ट र रातो पगडी गुथेका दिलजीतले ट्रुडोसँग न्यानो हात मिलाउँदै गरेको देखिन्छ ।

फोटो सेयर गर्दै ट्रुडोले लेखेका छन्, ‘क्यानडा एक महान् देश हो, जहाँ पञ्जाबको केटाले इतिहास रच्न सक्छ र स्टेडियम सोल्ड आउट हुनसक्छन् । विविधता हाम्रो शक्ति मात्र होइन, यो हाम्रो सुपर पावर हो ।’

दिलजीतले ट्रुडोको शोअघिको भिडियो सेयर गरेका थिए । भिडियोमा ट्रुडोले दिलजीतको सम्पूर्ण समूहलाई भेटेर उनको नृत्य र प्रस्तुति हेरिरहेको देखिन्छ । उनले दिलजीतको टिमलाई चियर गर्दै सबैसँग ‘पन्जाबी आ गए ओए’ भन्दै पोज दिइरहेका छन् ।

ट्रुडोसँगको भिडियो सेयर गर्दै दिलजीतले लेखेका छन्, ‘विविधता क्यानडाको बल हो । प्रधानमन्त्री जस्टिन ट्रुडो इतिहास बनिरहेको साक्षी हुन आएका थिए । हामी रोजर्स सेन्टरमा सोल्डआउट भएका छौं ।’ सप्ताहन्तमा दिलजीतले टोरन्टोमा कन्सर्ट गरे । रोजर्स सेन्टरमा कन्सर्ट सोल्डआउट हुने उनी पहिलो पञ्जाबी कलाकार समेत बने ।

Prime Minister Justin Trudeau attends rehearsal for Diljit Dsohanj at the Roger Centre in Toronto on July 13, 2024. Minister Kamal Khera is also attending.
Le premier ministre Justin Trudeau assiste à la répétition de Diljit Dsohanj au Centre Rogers à Toronto, le 13 juillet 2024. La ministre Kamal Khera est également présente.

पछिल्लो समय उनी लोकप्रिय विश्वव्यापी कलाकार बनिरहेका छन् । हालै उनले जिमी फलनको ‘द टुनाइट शो’मा प्रस्तुति दिए, जसलाई ठूलो अन्तर्राष्ट्रिय प्लाटफर्म मानिन्छ । दिलजीतले कोचेल्लामा पनि प्रदर्शन गरेका थिए र उनको पञ्जाबी फिल्म ‘जट एण्ड जुलिएट ३’ ले उत्तर अमेरिकी बक्स अफिसमा चर्चा बटुल्दैछ ।

‘जट एण्ड जुलिएट ३’ फिल्मको कुरा गर्दा निरु बाजवासँग दिलजीत दोसाँझको यो फिल्मले १५ दिनमा विश्वभर ८६ करोड भारुभन्दा बढीको कलेक्सन गरेको छ । दिलजीतको ‘क्यारी अन जट्टा ३’ पछि यो भारतको दोस्रो सबैभन्दा धेरै कमाउने पञ्जाबी फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?