
३ साउन, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको १५ दिनको क्यालेन्डर बनाएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतक तथा सचेतकहरुसँग प्रस्तावित क्यालेन्डरबारे छलफल गरेका हुन् ।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार ६, ७ र ८ गते लगातार तीन दल संसद बैठक बस्नेछ । ९, १० र ११ संसदीय समितिहरुको बैठकका लागि समय छुट्याइएको छ ।
१३, १४ र १५ गते फेरि संसद बैठक बस्नेछ । उनका अनुसार भोलि कार्यव्यवस्था परामर्श समितिले यसलाई अनुमोदन गर्नेछ ।
बैठकमा सभामुख घिमिरेले संसदीय समितिहरुमा रिक्त सदस्य छिटो पदपूर्ति गर्न र संयुक्त समितिको सभापति छिटो चयन गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4