+
+
Shares

खादा र माला छाडेर उद्धार तथा राहतमा लाग्न सरकारलाई कांग्रेस नेता महरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते ११:५३

४ साउन, काठमाडौं । कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । प्राकृतिक विपद्‌बाट देश प्रभावित हुँदा कयौं जनताले ज्यान गुमाउनु परेको र हजारौं विस्थापित हुनुपर्ने स्थितिमा सरकार पूर्ण रुपमा राहत तथा उद्धार कार्यमा केन्द्रित हुनुपर्ने उनले बताए ।

‘सिंहदरबार कामकाजी अड्डा हो । त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ । सम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्’, काठमाडौंमा आयोजित एक कार्यक्रकमा उनले भने, ‘जनता विपद्को सामना गरिरहनु भएको छ। यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ ।’

महरले नयाँ सरकारलाई हिजोका सरकारको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन्। जनअपेक्षा र आफ्नो प्रतिबद्धता अनुरूप सरकारमा सहभागी दुई ठूला दल कांग्रेस-एमालेले काम गर्नुपर्ने उनको धारणा छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?