+

बच्चालाई डाइपर लगाइदिंदा हानि त पुगिरहेको छैन ?

२०८१ साउन  ४ गते १५:४४ २०८१ साउन ४ गते १५:४४
बच्चालाई डाइपर लगाइदिंदा हानि त पुगिरहेको छैन ?

बजारमा डाइपर आउन थालेदेखि आमाबुवालाई सजिलो भएको छ । बच्चालाई डाइपर लगाइदिएपछि दिसा–पिसाब गराउने झन्झटबाट मुक्ति पाइन्छ । बच्चालाई डाइपर लगाएर सुताउन र बाहिर लैजान सहज भएको छ । त्यसैले आजभोलि बच्चालाई डाइपर लगाइदिनु अनिवार्य जस्तो भइसकेको छ । डाइपरको प्रयोग एक हदसम्म त सही हुन्छ तर यसको धेरै प्रयोग हानिकारक हुनसक्छ ।

टाइम्स अप इन्डियाको एक अध्ययनअनुसार पहिले बच्चाको डाइपरमा ‘फ्यालिट’ भन्ने केमिकल पाइन्थ्यो । त्यो केमिकल छालाको सम्पर्कमा आएर मेटाबोलिक विकार, मधुमेह, कलेजो विकार र क्यान्सरको जोखिम समेत बढाउने गरेको पाइएको थियो ।

पछिल्लो समय बजारमा धेरै प्रकारका डाइपर पाइन्छन् । त्यसमा केमिकल र प्लास्टिक कम प्रयोग भएको डाइपर आफ्नो बच्चाका लागि छनोट गर्नुपर्छ ।

डाइपरको प्रयोगले बच्चालाई हुनसक्छ यी समस्या

डाइपर रसायन र सिन्थेटिक सामग्रीबाट बनेको हुन्छ । धेरै अभिभावकले बच्चालाई रातभर डाइपर लगाइदिन्छन् । रातभर डाइपर लगाइदिंदा बच्चाको छाला लामो समयसम्म केमिकलको सम्पर्कमा रहन्छ, जसकारण शरीरलाई हानि पुर्‍याउन सक्छ । यसले बच्चाको शरीरमा विषाक्तता बढाउन सक्छ ।

डाइपरको प्रयोग लामो समयसम्म गर्दा बच्चालाई ब्याक्टेरियल, फंगल इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । किनकि डाइपर पिसाब अवशोषित गर्ने सामग्रीबाट बनेको हुन्छ । यसले छालामा अक्सिजनको प्रवाह पनि कम गर्छ । जसकारण ब्याक्टेरिया र अन्य कीटाणुहरू बढ्ने सम्भावना रहन्छ । यसले बच्चाको छालालाई नोक्सान पुर्‍याउन सक्छ र छालामा संक्रमण हुनसक्छ । पटक-पटक इन्फेक्सन भयो भने बच्चाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यसबाट बच्न, बच्चाको डाइपर बारम्बार परिवर्तन गर्नुपर्छ ।

बच्चाको छाला धेरै कोमल हुन्छ । डाइपरमा पाइने हानिकारक सिन्थेटिक फाइबर, रङ वा अन्य रासायनिक पदार्थका कारण बच्चाको छालामा एलर्जी, दाग र चिलाउने समस्या हुनसक्छ ।  धेरै पटक बच्चा डाइपर लगाउँदा रुन थाल्छन् किनभने यो उनीहरूका लागि सहज हुँदैन । धेरै समयसम्म डाइपर लगाउनाले बच्चालाई चिडचिडापन हुनसक्छ ।

बच्चालाई लामो समयसम्म डाइपर लगाइदिइरह्यो भने बच्चाको दिसा-पिसाब प्रशिक्षणमा समस्या हुनसक्छ । किनभने बच्चालाई डाइपरमा पिसाब र शौच गर्ने बानी हुन्छ । डाइपरको प्रयोग धेरै गर्नु  वातावरणका लागि पनि हानिकारक हुनसक्छ । यो प्लास्टिक, सिन्थेटिक फाइबर र अन्य रसायनको सहयोगमा बनाइन्छ र यो वातावरणमा सजिलै नष्ट हुँदैन ।

बच्चालाई डाइपर लगाइदिदा ध्यान दिनुपर्ने कुरा

उमेरअनुसार बच्चाको डाइपर दुईदेखि तीन घण्टाको अन्तरालमा परिवर्तन गर्नुपर्छ । धेरै मात्रामा पिसाब सोस्न सक्ने डाइपरको प्रयोग गर्नुपर्छ । बच्चालाई प्लास्टिकको डाइपर लगाइदिनुको साटो सुतीको डाइपर लगाइदिनु राम्रो हुन्छ । त्यो सम्भव छैन भने पनि कम मात्रामा प्लास्टिकको प्रयोग भएको र केमिकल प्रयोग नभएको डाइपर लगाइदिनुपर्छ ।

रातको समयमा त आमा र बच्चाको राम्रो निद्राका लागि डाइपर लगाइदिन सकिन्छ । तर दिउँसो बच्चालाई डाइपर नलगाइदिनु राम्रो हुन्छ । घरबाट बाहिर निस्किंदा डाइपर लगाइदिएको छ भने घर आएर खोलिदिनुपर्छ ।

दिसा निकालेपछि तुरुन्तै बच्चाको डाइपर सफा गर्नुपर्छ । बच्चाले पिसाब गरेपछि वा दिसा गरेपछि डाइपर हटाएर पानी र कपासले सफा गरिदिनुपर्छ । डाइपर लगाउनुअघि नरिवलको तेल वा मोइस्चराइजर लगाइनु राम्रो हुन्छ, जसले बच्चालाई एलर्जी हुनबाट बचाउन सकिन्छ ।

डेढ वर्षबाट बच्चालाई पिसाब फेर्ने तालिम दिन सकिन्छ । त्यसपछि डाइपरको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

डाइपर बच्चा बाल स्वास्थ्य
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?