+
+
Shares

उत्पादन समूह ३० महिनाकै उच्च, महँगो युनिलिभर नयाँ उचाइमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १७:४२

७ साउन, काठमाडौं । सोमबार सेयर बजारमा सबैभन्दा उच्च दरले बढेको क्षेत्रगत सूचक हो– उत्पादन तथा प्रशोधन । समग्र बजारको परिसूचक नेप्से ०.०८ प्रतिशत मात्रै बढ्दा यो समूहको सूचक २.१६ प्रतिशत बढ्यो ।

यो वृद्धिसँगै उत्पादन तथा प्रशोधन समूह ३० महिना (९ माघ २०७८) यताकै  उच्चतम विन्दुमा पुगेको छ । उत्पादन समूहमा ९ कम्पनी सूचीकृत रहे पनि नेपाल ल्युब आयलको कारोबार हुँदैन । बजारकै मूल्यवान कम्पनीहरू यस समूहमा छन् ।

युनिलिभर कम्पनी बजारको सबैभन्दा मूल्यवान हो । यस कम्पनीको मूल्य सोमबार बजार बन्द हुँदा हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १६०० रुपैयाँ (३ प्रतिशत) बढेर ५५ हजार रुपैयाँ कायम भएको छ ।

दिनभर कारोबारका क्रममा यस कम्पनीको मूल्य अधिकतम ५६ हजार ६६८ रुपैयाँसम्म पुग्यो भने न्यूनतम ५२ हजार ३३५ रुपैयाँसम्म झरेको थियो ।

सोमबार उत्पादन समूहका कुन कम्पनीको मूल्य कति बढ्यो ?

कम्पनी वृद्धि/गिरावट रकम हालको मूल्य रुपैयाँ
युनिलिभर १६०० ५५,०००
बोटलर्स नेपाल बालाजु १४५ १७,६४६
बोटलर्स नेपाल तराई –१०३ १३,९०७
हिमालयन डिस्टिलरी ६५ १,५८४
सर्वोत्तम सिमेन्ट ७.९० ८६३.९०
शिवम् सिमेन्ट २१.९० ५७०.९०
घोराही सिमेन्ट ११.६० ५५१
सोनापुर मिनरल्स २.१० ५१२
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?