+
+

डेढ घण्टामा ५ अर्बको कारोबार, सेयर बजार २५२९ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १२:३७

८ साउन, काठमाडौं । सोमबार सेयर बजारमा डेढ घण्टामा ५ अर्बभन्दा बढीको कारोबार भएको छ । १२ : ३० बजे ५ अर्ब १६ करोडको कारोबार भएको छ । यतिबेलासम्म सेयर बजारले २५२९ अंक कायम गरेको छ ।

जुन अघिल्लो दिनको तुलनामा ४१ अंक बढी हो । सबै क्षेत्रका सूचक बढेका छन् । हाइड्रोपावर, व्यापार तथा लगानी समूह ३ प्रतिशतभन्दा धेरै बढेका छन् । डेढ घण्टासम्मको आँकडाअनुसार २०५ कम्पनीको मूल्य बढ्दा ३२ को घटेको छ भने ५ को स्थिर छ।

हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । डेढ घण्टामा शीर्ष कारोबार भएका कम्पनीहरुमा लक्ष्मी सनराइज बैंक, अपि पावर, युनिभर्सल पावर, साइन रेसुङ्गा विकास बैंकशिवम् सिमेन्ट क्रमशः अगाडि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?