+
+
Shares

कृष्णमानलाई एमाले सांसदको प्रश्न : यौन शोषण आरोपको वास्तविकता के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १५:०७

९ साउन, काठमाडौं । निर्वाचन आयोगका लागि प्रस्तावित आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ जारी छ । प्रधानको कार्यायोजना सुनेर सांसदहरुले प्रश्नोत्तर सुरु गरेका छन् ।

प्रस्तावित आयुक्त प्रधानलाई सांसदहरुले उनीमाथि लागेको यौन शोषणको आरोपबारे प्रश्न गरिरहेका छन् ।

नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सन् २०१७ देखि २०२३ सम्म एकजना महिलासँग सम्बन्ध भएको, त्यो सम्बन्ध राम्रोबाट सुरु भएर लेनदेनमा पुगेर टुंगिएको देखिएको’ बताइन् । यसको वास्तविकता के हो ? भन्ने प्रधानलाई एमाले सांसद घर्तीको प्रश्न छ ।

निर्वाचन आयुक्त पद जिम्मेवारीयुक्त पद भएको उल्लेख गर्दै उनले उच्च नैतिक चरित्र नभएको व्यक्ति आयुक्त बन्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराइन् ।

संविधानको धारा २४५ को ६ को घ मा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले थपिन्, ‘तपाईमाथि लागेको आरोपलाई आधार मान्ने हो भने तपाईं प्रस्तावित पदका लागि अयोग्य हुनुहुन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?