+
+
Shares

धोबीखोला पुल चर्किएपछि आउजाउ बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १५:०१

९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किए पछि आवागमन बन्द गरिएको छ ।

महानगर प्रहरीका अनुसार पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।

निरन्तरको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले १० नम्बर वडा र ११ नम्बर वडा जोड्ने पुल चर्किएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

चर्किएको पुल मर्मत नभएसम्म आवागमन रोकिने अर्यालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?