 
																			१३ साउन, काठमाडौं । सामाजिक सञ्जालमार्फत ८४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–९ घर भई ललितपुर बस्दै आएका २३ वर्षीय पुरुषोत्तम भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी क्यानडा पठाउँछु भन्दै रकम हाल्न लगाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
उनले विभिन्न व्यक्तिहरुबाट अहिलेसम्म ८४ लाख १५ हजार ६ सय २५ रुपैयाँ ठगी गरेको खुलेको छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4