+
+

एक महिनामा सेयर लगानीकर्ताको सम्पत्ति १० खर्ब बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते ९:०१

१४ साउन, काठमाडौं । सेयर लगानीकर्ताको सम्पत्ति मूल्य एक महिनामै १० खर्ब रुपैयाँ बढेको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै धितोपत्रको मूल्य एक महिनामा १० खर्ब रुपैयाँ बढेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार असार १० गते सूचीकृत सबै सेयरको कुल मूल्य (पूँजीकृत रकम) ३२ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा हाल यो ४२ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । २०७८ भदौ २ गते पूँजीकृत रकम हालसम्मकै उच्च ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । सोही दिन नेप्से परिसूचक पनि हालसम्मकै उच्च ३१९८ अंकमा थियो ।

बजारमा सूचीकृत धितोपत्रको मूल्य बढ्दै जाँदा लगानीकर्ताको सम्पत्ति मूल्य बढ्दै जान्छ । मुख्यतः वाणिज्य बैंकहरुको मूल्य बढ्दा पूँजीकृत रकममा ठूलो योगदान पुग्ने गर्दछ । पूँजीकरणका आधारमा ठूला १० कम्पनीमा धेरैजसो वाणिज्य बैंक छन् ।

यी हुन् पूँजीकरणका आधारमा ठूला १० कम्पनी

कम्पनी पूँजीकृत रकम
नेपाल टेलिकम १ खर्ब ७४ अर्ब
नबिल बैंक १ खर्ब ७१ अर्ब
नागरिक लगानी कोष १ खर्ब ३२ अर्ब
नेपाल रिइन्स्योरेन्स १ खर्ब ५ अर्ब
ग्लोबल आईएमई बैंक ९३ अर्ब ३९ करोड
एनआईसी एसिया बैंक ८२ अर्ब ३४ करोड
इन्भेस्टमेन्ट मेगा बैंक ८२ अर्ब २१ करोड
एभरेस्ट बैंक ७९ अर्ब ८४ करोड
हिमालयन रिइन्स्योरेन्स ६९ अर्ब ६८ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?