+
+

सेयर बजारमा एक घण्टामै ६ अर्बको कारोबार, नेप्सेले नाघ्यो २७००

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १२:०५

१४ साउन, काठमाडौं । सेयर बजारमा सोमबार एक घण्टामै ६ अर्ब ८ करोडको कारोबार भएको छ । १२ बजेसम्म सेयर बजारको परिसूचक नेप्से ३३ अंक बढेर २७१५ अंकमा कायम भएको छ ।

१२ बजेसम्म बैंकिङ २.९, फाइनान्स ०.४, होटल ०.३, हाइड्रोपावर २.४, उत्पादन ०.३, जीवन बीमा ०.३ प्रतिशत बढेका छन् । माइक्रोफाइनान्स २.१, विकास बैंक ०.४, निर्जीवन बीमा ०.११ तथा ब्यापार ०.४ प्रतिशत घटेका छन् ।

१२६ कम्पनीको मूल्य बढ्दा ११० को घटेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?