+

कतिपय महिलामा किन यौन इच्छा जागृत हुँदैन ?

२०८१ साउन  १४ गते १२:१५ २०८१ साउन १४ गते १२:१५
कतिपय महिलामा किन यौन इच्छा जागृत हुँदैन ?

वैवाहिक जीवनमा खुसी रहन यौन जीवनको पनि अहम् भूमिका हुन्छ । तर उमेर ढल्किंदै जाँदा शरीरमा आउने परिवर्तनले यौन जीवनलाई पनि प्रभावित पार्न सक्छ । जसको असर मानसिक र शारीरिक सम्बन्ध दुवैमा पर्छ ।

महिलामा यौनलाई लिएर परिवर्तन आउने कारणमध्ये एक हुनसक्छ, फिमेल सेक्सुअल अराउजल डिसअर्डर

के हो ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ ?

महिलामा यौनको इच्छा कम हुने अवस्थालाई ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ भनिन्छ । यस्तो समस्या हुँदा महिलामा यौनको चाहनाले उत्तेजना अनुभव हुँदैन । त्यस कारण यसलाई हाइपोएक्टिभ डिसअर्डर पनि भनिन्छ ।

यो समस्या भएमा महिलामा कामोउत्तेजना कम जागृत हुने र दुखाइपूर्ण यौनक्रियाको सामना गर्न सक्छिन् । ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ महिलामा देखिने यौनरोगमध्ये दोस्रो नम्बरमा आउने आम यौन रोग हो ।

यौन उत्तेजना नहुने समस्या महिलामा किन बढ्न थाल्छ ?

यौन उत्तेजना कम हुनुमा महिलाको उमेर, खानपान, मानसिक स्वास्थ्य र सम्बन्धको समयावधिमा भर पर्छ । अर्थात् जुन महिलाको जीवनशैली अनियमित छ र यौन जीवन स्वस्थ छैन, यौन रुचि र उत्तेजना कम हुन थाल्छ । विशेषगरी ५० वर्ष आसपास वा त्यसभन्दा बढी उमेरका महिलामा रजोनिवृत्तिका कारण पनि यौन उत्तेजनामा कमी हुने समस्या देखिन्छ ।

यौन इच्छामा कमी

महिलामा यौन उत्तेजना नहुने समस्या भएकाहरूमा कामेच्छामा कमी आउन थाल्छ । यौनक्रिया गर्ने क्रममा उत्तेजना चाहेर पनि ल्याउन नसक्दा उनीहरू अत्यधिक चिन्तित हुन्छन् । उनीहरूमा बढ्दो उमेरसँगै यो समस्या गम्भीर हुन थाल्छ ।

यौन क्रियाकलापमा पहलको प्रयास नै नहुने

यौन इच्छा नहुनुको कारण यौन जीवनको बारेमा कल्पना पनि नगर्नु हो । यस्तो अवस्थामा आफ्नो पार्टनरसँग यौन आनन्द लिन कुनै विकल्प वा समाधान खोज्न पनि मन नहुन सक्छ । यसको प्रभाव दम्पतीको दाम्पत्य जीवनमा देखिन्छ ।

यौनांगमा यौन संवेदना महसुस

यो समस्याबाट पीडित महिलाले यौन सम्बन्धको समयमा यौनाङ्ग र सो वरपर पुरुषले स्पर्श गर्दा पनि कुनै प्रकारको संवेदना महसुस नगर्न सक्छन् । लामो समयसम्म उत्तेजित नहुनाले यौन सम्पर्क पीडादायी हुन्छ ।

कारण

हर्मोन असन्तुलन

यौन इच्छाको मुख्य कारण हर्मोन असन्तुलन हुनसक्छ । विशेषगरी रजोनिवृत्ति, गर्भावस्था र गर्भनिरोधक चक्की बढी खाएमा ‘एस्ट्रोजेन’ र ‘टेस्टोस्टेरोन’ हर्मोनको सन्तुलन बिग्रिन सक्छ । जसले उत्तेजना कम हुन थाल्छ र यौनमा रुचि कम हुन थाल्छ ।

योनी रस कम हुनु

यौन सम्बन्ध राख्दा महिलाको योनीबाट प्राकृतिक रूपमा चिप्लो पानी आउँछ । यसको काम भनेको यौन सम्बन्ध कायम गर्न सहज गराउनु हो । तर रजोनिवृत्ति भइसकेका वा सो अवस्था नजिक रहेका महिलामा त्यस्तो पानी कम उत्पादन हुन्छ ।

योनी सुक्खा भएपछि यौन सम्पर्क पीडादायी हुन जान्छ । पीडादायी हुने डरले पनि यौन इच्छा कम हुन थाल्छ ।

जर्नल अफ सेक्स एन्ड म्यारिटल थेरापीका अनुसार लुब्रिकेन्टको प्रयोगले यसको स्तर बढाउन सकिन्छ । जसले  यौन अनुभूतिमा पनि सुधार हुन थाल्छ र यौन जीवन सहज हुन थाल्छ ।

औषधि

एन्जाइटी, उच्च रक्तचाप, क्यान्सर, डिप्रेसनका केही औषधिको सेवनले शरीरमा परिवर्तन आउँछ । यसको प्रभाव यौन स्वास्थ्यमा पनि देखिन्छ । जसकारण महिलाले यौन उत्तेजनाको समस्याको सामना गर्नुपर्ने हुन्छ ।

मानसिक तनाव

सम्बन्धमा बढ्दो तनावले यौन स्वास्थ्यलाई असर गर्छ । जसले गर्दा पार्टनरसँगको भावनात्मक लगाव कम हुन थाल्छ, जसको असर यौन जीवनमा देखिन थाल्छ । यसबाहेक, डिप्रेसन वा जे कुरामा पनि आफूलाई दोषी देख्ने भावना पनि यो समस्याको कारण बन्न सक्छ ।

समस्याबाट कसरी बाहिर निस्कने ?

यस समस्याबाट बाहिर आउन चिकित्सकको सुझाव अनुसारको केही स्वास्थ्य परीक्षण आवश्यक हुनसक्छ ।

चिकित्सकले हर्मोनमा समस्या देखिए हर्मोनल थेरापी गर्न सुझाउन सक्छन् । जसले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको स्तरलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ ।

यसबाहेक मनोचिकित्सकको सल्लाहले तनाव र चिन्ता कम गर्न मद्दत गर्छ । साथै, यौन उत्तेजना कायम राख्न यौन चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

तर यौन उत्तेजना बढाउने भन्दै बजारमा निस्किएका औषधिहरु विना परामर्श हचुवाको भरमा खानु हुँदैन । यस्ता औषधिको आफ्नै साइड-इफेक्ट हुन्छ । त्यसैले अनुभवी चिकित्सकको सल्लाहमा मात्र कुनै ठोस कदम चाल्नु उपयुक्त हुन्छ ।

 

डा. ऋत पौडेल यौन जीवन
डा. ऋत पौडेल
लेखक
डा. ऋत पौडेल
मनोचिकित्सक तथा यौनविद्

डा. पौडेल काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत छन्। उनले मनोचिकित्सामा एमडी र फेलोसिप साइको-सेक्सुअल मेडिसिन मा गरेका छन्। नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९२० हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?