 
																			१४ साउन, काठमाडौं । सोमबार बजारमा कुल १९ अर्ब ६० करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुको अंश ३७ प्रतिशत हो ।
टप १० ब्रोकर कम्पनीमार्फत यस दिन कुल ७ अर्ब ३५ करोडको धितोपत्र खरिद हुँदा ७ अर्ब १३ करोडको बिक्री भयो । ठूला ब्रोकर कम्पनीको बिक्रीभन्दा खरिद केही बढी देखिन्छ ।
यस दिन नासा सेक्युरिटिज कम्पनीमार्फत सबैभन्दा धेरै १ अर्ब ३४ करोडको खरिद भयो भने १ अर्ब २२ करोडको बिक्री भयो । धेरै कारोबार गर्ने दोस्रोमा इम्पेरियल र तेस्रोमा भिजन सेक्युरिटी कम्पनी रहे ।
६ ब्रोकर कम्पनीको खरिद धेरै देखिन्छ भने ४ को बिक्री धेरै देखिन्छ । नासा, इम्पेरियल, दिपशिखा, आर्यतारा, एबीसी र लिन्च स्टक मार्केटमार्फत खरिद धेरै भएको छ । त्यस्तै भिजन, डायनामिक, अनलाइन र सनीमार्फत खरिद धेरै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4