+
+

ग्लोबल आईएमई बैंकका ग्राहकलाई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत बोनस

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १४:१२

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई वन्डरल्यान्ड नेपाल बुङ्‍मतीले उपलब्ध गराउने सेवा मूल्यमा १० प्रतिशत बोनस दिने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई किक फन वर्ल्ड प्रालिबाट सञ्चालित वन्डरल्यान्ड नेपाल बुङ्‍मतीको सेवा मूल्यमा १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने गरी दुवै पक्षबीच समझदारी भएको छ ।

समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकका ग्राहकले वन्डरल्यान्ड नेपालमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि बैंकका ग्राहकलाई १० प्रतिशत बोनस थप गरी वन्डरल्यान्डले कार्ड उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?