काठमाडौं । नेटफ्लिक्सले बहुप्रतीक्षित कोरियाली सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजनको प्रिमियर मिति घोषणा गरेको छ । बिहीबार एक टिजर सार्वजनिक गर्दै निर्माताले डिसेम्बर २६ मा दोस्रो सिजन आउन लागेको जनाएका हुन् ।
यो डिस्टोपियन सिरिज क्रिसमसलगत्तै दर्शकमाझ आउन लागेको हो । सिरिजको पहिलो भागले नेटफ्लिक्सले एकपछि अर्को कीर्तिमान रचेको थियो । त्यसयता यो सिरिजलाई लिएर विश्वभर पर्खाइ छ ।
नयाँ कुरा के पनि छ भने सिजन ३ सँगै सिरिजको अन्त्य पनि हुनेछ । सन् २०२५ मा फर्किने सिरिजको तेस्रो सिजनमा दोस्रो सिजनकै कलाकारको पुनरागमन हुने पक्का छ ।
सार्वजनिक दोस्रो सिजनको टिजरले सिरिजबारे धेरै कुराको संकेत गर्छ । १७ सेप्टेम्बर २०२१ मा सुरु भएको ‘स्क्विड गेम’लाई २८ दिनमा १.६५ बिलियन पटक हेरिएको थियो । यो सिरिजले १११ मिलियन नेटफ्लिक्स एकाउन्टमा पहुँच प्राप्त गरेको थियो ।
पहिलो सिजनको थालनीमै १०० मिलियन पार गर्ने उपलब्धि नेटफ्लिक्सले हासिल गरेको थियो । स्ट्रिमिङ प्लाटफर्मको इतिहासमा यो विश्वव्यापी घटना बन्यो ।
तपाईंले अघिल्लो सिजन हेर्नुभएको छ भने मुख्य पात्र सियोङ जे हुनले खेलकुद प्रतियोगिताबाट निम्तो प्राप्त गर्दा ऊ ऋणमा डुबेको थियो । अनपेक्षित रुपमा खेल जितेपछि उसले यो घातक प्रतिस्पर्धाका अन्य सहभागीसँग बदला लिन थाल्छ ।
प्रतिक्रिया 4