
१७ साउन, काठमाडौं । फाइनान्सियल टाइम्स (युके)ले १०० प्लस प्रभावकारी लगानीकर्ताको सूची सार्वजनिक गरेको छ ।
जीआईआईएन (ग्लोबल इम्प्याक्ट इन्भेस्टिङ नेटवर्क) सँगको सहकार्यमा उसले सार्वजनिक गरेको प्रभावकारी लगानीकर्ता सूचीमा नेपालको बिजनेस अक्सिजन पर्न सफल भएको छ ।
यस पीईभीसी कम्पनीले शिक्षा, ऊर्जा, सूचना प्रविधि तथा उत्पादन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै फाइनान्सियल टाइम्सले १०० प्लस सूचीमा राखेको हो ।
‘नेपालको प्रभावकारी क्षेत्रमा लगानी गरेर यो सूचीमा पर्नुले लगानीकर्ताको स्रोत उपयुक्त ठाउँमा उपयोग भएको जनाउँछ’ बिजनेस अक्सिजनले एक विज्ञप्तिमार्फत भनेको छ।
वित्तीय प्रतिफल तथा लगानीको प्रभाव दुवैलाई अध्ययन गरी १०० प्लस सूची सार्वजनिक गरिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4