+
+

फाइनान्स र होटल सेक्टर हालसम्मकै उच्च विन्दुमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १६:३५

१७ साउन, काठमाडौं । सेयर बजारको परिसूचक नेप्सेले उच्च अंकको रेकर्ड नतोड्दै फाइनान्स र होटल समूहले भने सबै रेकर्ड तोडेका छन् । यी दुवै सेक्टर अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन् ।

बिहीबार समग्र बजार घट्दा पनि यी दुई समूह बढे । फाइनान्स समूह १.७७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत बढे ।

फाइनान्स समूहको सूचक ३५६८ अंकमा पुगेको छ, जुन अंक हालसम्मकै उच्च हो । फाइनान्स समूह विगत एक महिनामा ४८ प्रतिशत बढेको छ भने विगत एक वर्षमा ९७ प्रतिशत बढिसकेको छ । फाइनान्स समूहमा १५ कम्पनी सूचीकृत छन् ।

त्यस्तै होटल तथा पर्यटन समूहको सूचक ७ हजार २७३ अंकमा पुगेको छ । यो समूह विगत एक महिनामा ३७ प्रतिशत बढेको छ भने एक वर्षमा ३१ प्रतिशत बढेको छ । यो समूहमा ६ कम्पनी सूचीकृत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?