 
																			२० साउन, काठमाडौं । सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयकमा २८ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
संसद सचिवालयका अनुसार ६ समूहमा ६ जना सांसदहरुले २८ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका माधव सापकोटा र रणेन्द्र बरालीले छुट्टाछुट्टै संशोधन हालेका छन् ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय निशा डाँगी र सोविता गौतमले पनि छुट्टाछुट्टै संशोधन हालेका छन् ।
सत्तारुढ दल नेकपा एमालेका सांसद दामोदर बैरागी पौडेलको पनि संशोधन प्रस्ताव दर्ता भएको छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालको पनि संशोधन प्रस्ताव परेको छ ।
तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले ४ फागुन २०८० ल्याएको यो विधेयकमा कांग्रेसका तर्फबाट भने कुनै संशोधन परेको छैन ।
राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट २९ जेठ २०८१ मा पारित भएर प्रतिनिधि सभामा आएको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4