+
+

रुपन्देहीका अग्रज पत्रकार पन्तको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:११

२१ साउन, बुटवल । रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।

६६ वर्षीय पन्त २ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहेका र आइतबार राति निधन भएको उनका सहोदार भाइ रवि पन्तले बताए ।

इमेज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरेका पन्त पछिल्ला वर्षहरुमा लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए । उनले अमेरिका लगायत विभिन्न देशमा पुगेर लुम्बिनीका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति दीप लगायतका फोटो प्रदर्शन गर्दै प्रचार गर्ने गरेका थिए । स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?