+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

एमाले नेता भट्टराई भन्छन्- जनता उठेर संघीयता मिल्काइदिनसक्छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १०:४५

२३ साउन, बुटवल । नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले दलहरुलाई भाग पुर्‍याउन जम्बो मन्त्रिमण्डल बनाउनु गलत भएको बताएका छन् ।

भट्टराईले मधेश प्रदेशमा २० सदस्यीय मन्त्रिमण्डल बनाइएकोप्रति इङ्गित गर्दै गरिब देशमा मन्त्रीहरुको भीड लगाउनु राम्रो नहुने बताए ।

उनले ‘देशको, प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो, भाग पुर्‍याउन होइन’ भन्दै सानो मन्त्रिमण्डल बनाउनुपर्ने सुझाए । अन्यथा जनताले संघीयतालाई मिल्काइदिने चेतावनी समेत उनले दिए ।

‘साथीहरु, प्रदेशहरुमा मन्त्रीहरुको लावालस्कर किन चाहियो ? मन्त्री हुनेलाई पनि गौरव हुन्छ र ? मलाई त होला जस्तो लाग्दैन, देशको, प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो, भाग पुर्‍याउन होइन, जनतातिर फर्कौं, सानो मन्त्रिपरिषद् बनाऔं, जनताको काम गरौं, संघीयता टिक्छ नभए जनता आफैं उठेर मिल्काइदिन्छन्,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

भट्टराई एमाले विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३, रुपन्देहीका इञ्चार्ज समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?