२३ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् ।
२०७७ साल साउनको १२ गते राखेपको उपाध्यक्षमा नियुक्त भएका कोइरालाले राखेपको जिम्मेवारीबाट हटे पनि आफू खेलकुदको विकासमा लागिरहने बताए ।
आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा केही परिवर्तन भएको उनले बताए । ‘कयौं वर्षसम्म बोर्ड बैठक बस्न नसकेको, कर्मचारीको बढुवा हुन नसकेको, खेल संघहरुले आफूलाई नवीकरण नगरी बस्ने विगत भन्दा यस पटक केही विधिको सुरुवात भएको अनुभव गरेको छु’, बिदाइ कार्यक्रममा कोइरालाले भने ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई बर्गीकरण गरी स्वास्थ्य र शिक्षामा सहुलियत दिन सकिने बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सबै पक्षबीच एकता हुनुपर्ने धारणा राखे ।
उनले खेलकुद बीमालेख कार्यान्वयनमा ल्याइएको तथा कानुनी रुपमा नै खेलाडीको पुरस्कार सुनिश्चित गरेको बताए ।
 
                    










 २०८१ साउन  २३ गते १४:३९
                        २०८१ साउन  २३ गते १४:३९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4