+
+

धितोपत्र बोर्डभित्र गुटबन्दी छ, लेखाको पत्रले आईपीओ रोकियो : अध्यक्ष बराल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १९:१८

२४ साउन, काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष जिम्मेवारी पाएका महेश बरालले बोर्डमा गुटबन्दीका समस्या रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले सेयर बजारको नियमन र सुपरीवेक्षणको लागि बोर्डको क्षमता कमजोर तथा संस्थाभित्र धेरै गुटबन्दी रहेकाले समस्या देखिएको बताए ।

‘कर्मचारी अभाव र संस्थाभित्रको गुटबन्दीका समस्याका बाबजुत पनि नियमन गर्ने दायित्वबाट बोर्ड पछाडि हटेको छैन’ उनले भने । कर्मचारीको क्षमता बढाउन, प्राविधिक क्षमता बढाउन यसअघि बोर्डले चासो नदिएको उनको भनाइ छ ।

बजारलाई व्यवस्थित र पारदर्शी कारोबार बनाउनको लागि नियमित रुपमा काम गरिरहेको बरालले दाबी गरे ।

लेखा समितिले दिएको पत्रका कारण जलविद्युत् कम्पनीको आईपीओ रोकिएको उनले बताए । ‘सार्वजनिक लेखा समितिले साधारण सेयर निष्कासन गर्ने कम्पनीले प्रतिसेयर नेटवर्थ ९० प्रतिशतभन्दा बढी भएका कम्पनीलाई मात्रै दिनु भनेर निर्देशन दिएकाले रोकिएको हो’ उनले भने ।

लाभांश दिन नसक्ने कम्पनीको मूल्य बजारमा बढिरहेकोमा आफू अन्योल रहेको उनले बताए । बलियो सरकार भएर वा राम्रो मौद्रिक नीति भएर बजार बढेको हुनसक्ने उनले बताए ।

‘बजारको अन्तराल हेर्दा केही वर्ष बढ्ने र घट्ने काम भइरहेको छ’ उनले भने ‘बजारलाई व्यवस्थित र पारदर्शी कारोबार बनाउने विषयमा सचेत छौँ, धितोपत्र बोर्ड चुप बसेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?