+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विद्यार्थी आकर्षित गर्न पाठ्यक्रम परिमार्जन गर्दै पोखरा विश्वविद्यालय

रासस रासस
२०८१ साउन २६ गते १३:२८

२६ साउन, चितवन । पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ ।

विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जन गरी समय सुहाउँदो बनाउन थालेका छन् ।

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा राजेशकुमार ठकुराठी विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउनेगरी पाठ्यक्रम परिमार्जन गरेको बताउँछन् ।

युनाइटेट टेक्निकल कलेज भरतपुरले शुक्रबार यहाँ आयोजना गरेको स्नातक र स्नातकोत्तरका नयाँ कार्यक्रम सुभारम्भका अवसरमा उनले भने, ‘पाठ्यक्रम अहिलेको परिवेश सुहाउँदो बजारले माग गरेअनुसारको बनाएका छौँ ।’

सैद्धान्तिक ज्ञानमात्रै नभएर प्रयोगात्मक कक्षामा जोड दिइएको डिन ठकुराठीले बताए । पहिलेपहिले इन्टर्नसिप नहुने गरेकामा इञ्जिनियरिङ सङ्कायमा तीन महिनाको अनिवार्य इन्टर्नसिप गराएको उनले बताए । ‘सीपमूलक पाठ्यक्रम बनाएका छौँ’, उनले भने ।

स्नातक तहमा क्याम्पसलाई आफूलाई चाहिने विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । छात्रवृत्ति अन्य विश्वविद्यालयको तुलनामा आफूहरुले बढी दिएको उनले बताए ।

विश्वविद्यालयले एक वर्षमा स्नातक तहमा मात्र एक हजार एक सय जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । आङ्गिक क्याम्पसमा २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजमा १० प्रतिशत छात्रवृत्ति दिने गरेको डिन ठकुराठीले जानकारी दिए ।

विश्वविद्यालयमा ५८ सम्बन्धन प्राप्त, आङ्गिक चार र संयुक्त आङ्गीक तीन कलेज रहेका छन् । विज्ञान तथा प्रविधि सङ्कायमा २० क्याम्पस छन् । तीमध्ये एउटा आङ्गिक, एउटा संयुक्त आङ्गिक र १८ सम्बन्धन प्राप्त छन् । सबै कलेजले विद्यार्थी कोटाअनुसार पुर्‍याउन नसकेको उनले बताए ।

सो अवसरमा डिन ठकुराठीले चितवन र छिमेकी जिल्लाका लागि प्राथमिकता दिँदैँ यहाँको युनाइटेड टेक्निकल कलेजमा यसै शैक्षिकसत्रबाट ब्याचलर अफ इञ्जिनियरिङ इन इन्फरमेसन टेक्नोलोजी (बिइ आइटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको बताए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल एवं शैक्षिक निर्देशक प्रा डा केशवदत्त अवस्थीले कलेजले बिइ आइटीमा ४८ जना तथा ‘एमएससी इन ट्रान्सपोटेसन इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट’मा हरेक ६ महिनामा ३० विद्यार्थी भर्ना लिनेगरी पठनपाठन गर्न लागिएको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?