२७ साउन, काठमाडौं । युवा लगानीकर्ताहरूको ५ करोडभन्दा बढी लगानीमा काठमाडौं सिनामंगलमा होटल ‘रोयल एयरपोेर्ट’ सञ्चालनमा आएको छ ।
शुक्रबार बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले होटल उद्घाटन गरे ।
मन्त्री ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योग महत्त्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए ।
‘पर्यटन उद्योगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणमा म सधैं तत्पर छु,’ उनले भने, ‘अझ युवा जो यो उद्योगमा आएका छन्, उनीहरूसँग मेरो थप सहयोग र सहकार्य रहने छ ।’
मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीसँग बसेर लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एयरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीको समूह मिलेर ५ करोडभन्दा बढीको लगानीमा होटल सञ्चालनमा ल्याइएको बताए ।
३४ कोठा सहितको होटलमा ५० बेड छन् । २ सय सिटभन्दा बढी क्षमताका हल, बैठक कक्ष सहित होटल सञ्चालनमा ल्याइएको उनले बताए ।
प्रतिक्रिया 4