+
+

शान्तिश्री, रचना र ज्योतिले नचाए बोस्टन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १६:१४

काठमाडौं । गायिका शान्तिश्री परियार र रचना रिमालले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपालले आयोजना गरेको कार्यक्रममा मोडल करिश्मा ढकाल र गायिका ज्योति मगरले पनि दर्शक नचाए ।

‘अब हाँस्छ अमेरिका’पछि आयोजकले ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो । तीज लक्षित यो कार्यक्रमको सुरुवात बोस्टनबाट नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो । यसपछि मञ्चमा देखा परेका करिश्मा, रचना, शान्तिश्री र ज्योतिले ५०० जना दर्शकलाई मनोरञ्जन दिए ।

प्रस्तुतिको सुरुवात करिश्माले ‘हिजो राति सपनीमा’ बोलको नृत्यबाट गरेकी थिइन् ।

करिश्माले तताएको माहोललाई थप जोसिलो बनाउँदै रचनाले आफ्ना हिट नम्बर प्रस्तुत गरेकी थिइन् ।

उनले परदेशीलाई भावुक बनाउने ‘नमुछे आमा दहीमा टीका’बाट गाउन सुरु गरिन् भने प्रस्तुतिको अन्त्यतिर ‘सम्झिने पानी छम्किने’ र ‘मिनरल वाटर’ गाएर दर्शक नचाएकी थिइन् ।

रचनापछि शान्तिश्रीले ‘गलबन्दी च्यातियो’, ‘अरेली काँडैले’, ‘लाहुर जाने रेलैमा’ लगायतका गीत प्रस्तुत गरिन् । ‘बोल माया’, ‘लौन दाजै’ गीतबाट आफ्नो प्रस्तुति सुरु गरेकी उनले हलमा उपस्थित दर्शकलाई सुरुमै भावुक बनाइन् ।

ज्योतिले आफ्नो पहिचान अनुरुप दर्शकलाई गीत र नृत्यको धुनमा डुबाएकी थिइन् । उनले पनि आफ्ना चर्चित गीत ‘ढाडे बिरालो’, ‘उही मुलाको सिन्की’ गाइन् ।

आयोजक विनोद अधिकारीले परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताए । गायिका तथा मोडलको टोलीले न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सिल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम गर्नेछ । अमेरिकाका कुल २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको उनले जानकारी दिए ।

करिब दुई महिना चल्ने कार्यक्रम सकेर कलाकार टोली सेप्टेम्बर ३० मा नेपाल फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?