+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १२:०५

२८ साउन, काठमाडौं । सेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको छ ।

यो समयसम्म नेप्से परिसूचक ६७ अंक बढेर २९२७ मा कायम भएको छ । एक घण्टासम्मको अवधिमा बैंकिङ ३.४५, विकास बैंक १.७८, फाइनान्स २.२६, होटल तथा पर्यटन ५.२०, हाइड्रोपावर २.२५, जीवन बीमा ३.२०, माइक्रोफाइनान्स २.०५, निर्जीवन बीमा १.७३, अन्य १.७२ तथा ब्यापार समूह ३.८६ प्रतिशत बढेको छ ।

१९७ कम्पनीको मूल्य बढ्दा ३८ को घटेको छ भने ६ को स्थिर रहेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, निफ्रा, शिवम् सिमेन्ट र माथिल्लो तामाकोशी क्रमशः अगाडि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?