+
+

२० महिनापछि तोकियो संघीय संसदको संयुक्त समिति सभापति निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १७:५५

२९ साउन, काठमाडौं। संघीय संसदको दुई वटा संयुक्त समितिको सभापतिको निर्वाचन यही साउन ३१ गते हुने भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचनको मिति तोकेको जानकारी गराएका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका समितिका सभापतिहरुको निर्वाचन भएता पनि यी दुई समितिको सभापतिको निर्वाचन हुन सकिरहेको थिए ।

४ मंसिर २०७९ मा भएको निर्वाचनबाट आएको प्रतिनिधि सभामा यी दुई समिति गठन भएता पनि सभापतिको निर्वाचन हुन सकिरहेको थिएन ।

निर्वाचनको २० महिनापछि संघीय संसदको दुवै संयुक्त समितिको सभापतिको निर्वाचनको मिति तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?