+
+
Shares

कालीगण्डकी करिडोर अवरुद्ध

रासस रासस
२०८१ साउन ३० गते ११:०४
फाइल फोटो।

३० साउन, बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोकै कारण मुख्य करिडोर एक सातादेखि बन्द थियो ।

सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मंगलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए । पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए । करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यायातातका साधन पनि बन्द भएका उनले भने ।

करिडोर अवरुद्धपछि जैमिनी नगरपालिका, बरेङ गाउँपालिकासहित बागलुङ नगरपालिकाबासी प्रभावित भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?