५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सहकारीले गर्दा सम्पूर्ण सहकारीमा जनताको विश्वास कमजोर भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै सहकारी सम्बन्धी प्रसंगमा उनले भने, ‘हजारौं सहकारीमध्ये केही सहकारी मात्रै अप्ठ्यारो परेका छन् । तिनीहरूलाई अप्ठ्यारोमा पारिएको हो । सहकारीमा गैरसहकारी तत्व प्रवेश गरेर यस्तो अवस्था आएको हो । उनीहरू सहकारी गर्नभन्दा पनि बेग्लै उद्देश्यले प्रवेश गरेर यस्तो भएको हो ।’
प्रधानमन्त्री ओलीले सहकारीलाई फेरि पनि राम्ररी अगाडि बढाउने भन्दै साना पूँजीबाट ठूला काम गर्ने बताए ।
‘साना पूँजीले ठूला काम गर्नका लागि सहकारी अगाडि बढाउन सकिन्छ । स्टार्टअप, उद्योग, कृषिको आधुनिकीकरणका लागि सहकारीले काम गर्न सक्छ,’ ओलीले भने ।
सहकारीहरू उत्पादन र सेवाका लागि योगदान दिन सकोस् भन्ने भावनासाथ अगाडि बढाउनुपर्ने भन्दै उनले अबको सहकारीको भूमिका त्यस्तो काममा हुनुपर्ने बताए ।
प्रतिक्रिया 4