+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लमहीको सडक विस्तार गर्न मेयरले चलाए आफ्नै घरमा डोजर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ७:२७

६ भदौ, दाङ । लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घर भत्काएर लमही-कोइलाबास सडक विस्तार सुरु गरेका छन् ।

बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घर डोजरमार्फत् भत्काएर मेयर चौधरीले हुलाकी सडक विस्तार सुरु गरेका हुन् ।

‘यो मेरो पुरानो घरमा विगतमा धेरै कार्यालयहरू बसे । व्यक्तिगत रुपमा पनि प्रयोग भयो,’ मेयर चौधरीले भने, ‘सडक फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा परेपछि मैले मेरै घर भत्काएर सडक विस्तार सुरु गरें ।’

भारत सरकारको ७६ करोड अनुदान सहयोगमा ३३.४६ किलोमिटर लामो लमही-कोइलाबास हुलाकी सडक विस्तार गरी कालोपत्र गरिएको थियो । त्यसक्रममा ३६ करोड बढी बजेट मुआब्जामा खर्च भएको छ ।

हुलाकी सडक औपचारिक रुपमा नेपाल सरकारलाई २०७७ साल चैत १८ गते हस्तान्तरण भएको थियो । तर लमही बजार क्षेत्रमा भने सडक साँघुरो छ । त्यहीभएर लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।

यसअघि सडक डिभिजन कार्यालय दाङले साउन २९ गते सूचना निकालेर सडकको दायाँ-बायाँ १५/१५ मिटर क्षेत्रमा परेका सबै संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । सो अवधिभित्र कसैले आफैं घर तथा संरचना नहटाए सडक डिभिजन कार्यालयले आफैं हटाउने र हटाउँदा लाग्ने खर्च सम्बन्धित घर धनीबाट असुल्ने चेतावनी दिएको छ ।

स्थानीयले भने जग्गाको मुआब्जा पाए पनि घरको पनि क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् । स्थानीय ३२ जनाले घरको क्षतिपूर्ति माग गर्दै लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन् ।

मेयर चौधरीको घर भत्काएर सडक विस्तार अभियान सुरु गर्ने क्रममा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी, मेयर चौधरी, प्रहरी र अन्य जनप्रतिनिधिहरु घर भत्काउने स्थानमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?