+

बंगलादेशविरुद्ध नेपाली युवा फुटबलरको शान (तस्वीरहरु)

२०८१ भदौ  ६ गते १९:३४ २०८१ भदौ ६ गते १९:३४
बंगलादेशविरुद्ध नेपाली युवा फुटबलरको शान (तस्वीरहरु)

६ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ ।

नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो। तर बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।

नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले जसरी पनि जित्नुपर्ने खेल जितेको बताए । ‘उनीहरुलाई बराबरी पनि पर्याप्त थियो । त्यही भएर हामीले गोल गरेपछि उनीहरुले पनि चढेर खेल्यो र प्रेसर दियो । हामीलाई लामो बलमा गाह्रो भएको थियो । दोस्रो हाफमा हामीले मिडफिल्डमा कन्ट्रोल गरेर खेल्यौं’, उनले भने ।

 

बंगलादेश साफ यु-२० च्याम्पियनसिप
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय