
७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका र कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध कायम भएको छ ।
भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र चेओरवन सहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरेका हुन् ।
चेओरवन सहरको निमन्त्रणमा बुधबार कोरिया पुगेका महर्जनले दुई सहरमा भएका असल अभ्यासहरू आदान प्रदान गर्ने बताएका थिए ।
चेओरवन सहरमा कृषि, पर्यटन लगायतका क्षेत्रमा भएको विकासबाट आफू प्रभावित भएको उनले बताए ।
‘हामीले सम्पदा संरक्षणको क्षेत्रमा धेरै काम गरेका छौं, चेओरवनले हामीबाट सम्पदा क्षेत्रमा धेरै सिक्न सक्छ, हामीले पनि यहाँको कृषि र पर्यटन क्षेत्रमा भएको विकासबाट प्रशस्त सिक्ने ठाउँ छन्,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4