+
+

पहिरोले दिक्तेल–हलेसी सडक अवरुद्ध

रासस रासस
२०८१ भदौ ११ गते १५:०४

११ भदौ, खोटाङ । : मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिए । ‘चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ । पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ’, उनले भने, ‘पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ ।’

पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन् । सडक खुलाउन यात्रु आफै पनि लागीपरेका छन् । तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुङ्गा सडकमा थुप्रिएका छन् । पहिरो झर्ने क्रम रोकिएको छैन ।

उक्त स्थानमा विगत वर्षमा पनि पटक पटक पहिरो जाने गरेको थियो । उक्त क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?