
फाइल फोटो ।
१३ भदौ, दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्धलाई हिंसाका देखे फेरि विद्रोह हुने बताएकी छन् । दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा उनले जनयुद्धलाई हिंसा देखे आफूहरुलाई मान्य नहुने बताएकी हुन् ।
जनयुद्धलाई हिंसाका रुपमा परिभाषित गर्न खोजिएको उल्लेख गर्दै पूर्वमन्त्री शर्माले भनिन्, ‘देशको शान्ति प्रक्रिया निष्कर्षमा पुग्नेबेला यस्ता अभिव्यक्ति आउनु फेरि देश द्वन्द्वमा धकेल्नु हो ।’
पूर्वमन्त्री शर्माले माओवादीले दश वर्ष युद्ध लडेर ल्याएको उपलब्धी सरकारले खोस्ने तयारी थालेको आरोप लगाइन् । प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध काम गर्दा एमाले र काग्रेसको नयाँ समीकरण बनेकोले सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने जिकिर गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4