१४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवको मासिक तलब २ हजार डलर पुर्याइएको छ ।
एन्फा केन्द्रिय कार्यसमितिको मंगलबार र बिहीबार दुई दिन चलेको बैठकले महासचिवको तलब २ हजार डलर बनाउने निर्णय गरेको हो । यस निर्णय अनुसार हालका महासचिव किरण राईले अब मासिक २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।जसको नेपाली रकम करिब २ लाख ६९ हजार हुनेछ । यसअघ राईको मासिक तलब १ लाख ५० हजार थियो ।उनको तलब झण्डै डेढ लाखले वृद्धि भएको हो ।
बैठकको पहिलो दिन अध्यक्ष पंकज विक्रम नेम्वाङले महासचिव राईको तलब मासिक २ हजार अमेरिकी डलर पुर्याउने प्रस्ताव गरेका थिए । जसमा केही सदस्यहरुको असन्तुष्टी रहेपनि बहुमत निर्णयबाट उक्त प्रस्ताव पारित गरिएको हो ।
एन्फा कार्यसमितिको दुई दिन चलेको बैठक बिहीबार राती सकिएको थियो । एन्फा प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तीमा विभिन्न १३ बुँदामा निर्णय सार्वजनिक गरिएको छ ।
जसमा राष्ट्रिय टिमका खेलाडीहरुको मासिक भत्तामा पनि वृद्धि गरिएको छ । तर महासचिवको मासिक तलब सामु खेलाडीको भत्ता निकै थोरै छ । यसअघि मासिक १८ हजार रुपैयाँ पाउँदै आएका खेलाडीको मासिक भत्ता ३० हजार पुर्याइएको छ । यस्तै फिफा रेफ्रीहरुलाई मासिक २० हजार दिने निर्णय भएको छ ।
यसैगरी २५ देखि ४० हजार दर्शक क्षमता भएको अन्तर्राष्ट्रिय फुटबल रंगशालाका लागि जग्गा माग गर्ने, महिला तथा पुरुष वर्ष खेलाडी लगायत विभिन्न पुरस्कार प्रदान गर्ने, बी डिभिजन लिग, महिला लिग, ग्रासरुट कार्यक्रम गर्ने, साफ महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्ने, विभिन्न जिल्लामा मैदान निर्माण गर्ने निर्णय भएको छ।
यस्ता छन एन्फा बैठकका निर्णयहरु:
प्रतिक्रिया 4