
२१ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।
महासंघले पलेशालाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँ सहित सम्मान गरेको हो । पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पलेशाको ऐतिहासिक जित नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको बताए ।
‘नेपाली युवा प्रतिभावान छन् । विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनु पर्छ,’ उनले भने ।
सम्मान ग्रहण गर्दै पलेशाले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई समेत प्रेरित गर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4