+
+
WC Series
पोखरा एभेन्जर्स 2025
69/4 (10.2)
VS
५८ बलमा ९७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

संवैधानिक परिषद्को बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते ६:४३

३१ भदौ, काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । २८ भदौको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो ।

आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आगामी १९ असोजबाट अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्ने छ ।

संविधानको धारा २८४(३) मा प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, उक्त प्रावधान कार्यान्वयन भने भइरहेको छैन ।

२८ भदौमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि आठ न्यायाधीशको नाम न्याय परिषदले सिफारिस गरेको जानकारी गराएका थिए ।

न्यायपरिषदले वरियताअनुसार प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको नाम न्यायपरिषद्ले संवैधानिक परिषद्समक्ष सिफारिस गरेको छ ।

रोलक्रम नमिचिएमा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अहिलेसम्मको परम्परा अनुसार प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?