+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

किन विवादित बन्यो अपी पावरको लाभांश ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १७:४१

११ असोज, काठमाडौं । बिहीबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य घट्नेमा तेस्रो कम्पनी बन्यो– अपी पावर । कम्पनीको मूल्य ७.४६ प्रतिशत घट्यो । यसको प्रमुख कारण थियो– घोषित लाभांश विद्युत् नियमन आयोगबाट अस्वीकृत हुनु । यहीं कारण बिहीबार कम्पनीको मूल्यमा उच्च गिरावट देखियो । मूल्य घटेर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा झर्‍यो ।

कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गर्‍यो । सो घोषित लाभांश प्रदान गर्नका लागि नियामक विद्युत् नियमन आयोगबाट स्वीकृति लिनुपर्छ । सोही क्रममा कम्पनीले नियमन आयोगसँग स्वीकृति माग्यो । तर आयोगले स्वीकृति दिएन ।

प्राप्त भइनसकेको आम्दानी समेत जोडेर कम्पनीले लाभांश घोषणा गरेको भन्दै आयोगले अस्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड गेन’लाई खुद मुनाफामा देखाई लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यसहित जवाफ पेश गर्न आयोगले भनेको थियो ।

जवाफमा अपी पावरले नेपाल लेखा प्रतिवेदन मान–९ (एनएफआरएस ९) बमोजिम यस कम्पनीले अन्य कम्पनीमा गरेको सेयर लगानीलाई नाफा/नोक्सान हिसाबमार्फत बजार मूल्य अनुरुप लेखाङ्कन गरिएको जनाएको छ । एनएफआरएस ९ अनुसार लेखांकन गरिएको नाफा सम्पत्तिको पुर्नमूल्यांकन नभई नियमित नाफासरह हुने कम्पनीको भनाइ छ।

प्राप्त भइनसकेको सेयर मूल्यवृद्धिबाट सिर्जित आम्दानीलाई नाफामा देखाउन पाइने व्यवस्था रहे पनि लाभांश वितरणमा त्यसलाई जोड्न नमिल्ने एक सीएले बताए ।

अपी पावर कम्पनीले यस विषयमा बिहीबार सञ्चालक समितिको बैठक राखी नियमनकारी निकायसँग थप कागजपत्रसहित छलफल गरी सो विषयमा आवश्यक पुष्टि गरी प्रस्तावित लाभांशलाई स्वीकृत गराउने आश्वासन दिएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ४५ करोड ६५ लाख रुपैयाँ बराबर छ । यो नाफामा लगानीवापतको नाफा (फेयर भ्यालु थ्रो प्रोफिट) रकम २४ करोड १२ लाख छ । यसकारण अब कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गर्दा यो  २४ करोड १२ लाख रकम अलग्याएर बाँकी रहेको नाफाबाट मात्रै घोषणा गर्नुपर्ने ती सीएले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?