+
+
Shares

अपी पावरको लाभांश घोषणा, ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपि पावर कम्पनीले सेयरधनीका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश समावेश छ।
  • कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ र जुटेको रकम मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा लगाउने जनाएको छ।
  • अपि पावर कम्पनीले पुस २९ गते कार्की ब्याङ्कवेटमा साधारणसभा बोलाएको छ र पुस १८ गते बुक क्लोज मिति तय गरेको छ।

८ पुस, काठमाडौं । अपी पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।

लगत्तै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनबाट जुटेको रकम दिव्यज्योति हाइड्रोपावरले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा परिचालन गर्ने जनाएको छ ।

कम्पनीले पुस २९ गतेका लागि कार्की ब्याङ्कवेटमा साधारणसभा बोलाएको छ । पुस १८ गते बुक क्लोजको मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?