+
+
Shares

अपी पावरले दिव्य ज्योति हाइड्रोपावर खरिद गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अपि पावर कम्पनीले दिव्य ज्योति हाइड्रोपावरलाई प्राप्ति गर्ने निर्णय गरेको छ।
  • दिव्य ज्योति हाइड्रोपावरको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना सञ्चालन गर्ने योजना छ।
  • अपि पावरले दिव्य ज्योति हाइड्रोपावरका सबै सेयर खरिद गरी व्यवस्थापन गर्नेछ।

२८ साउन, काठमाडौं । अपी पावर कम्पनीले अर्को कम्पनी दिव्य ज्योति हाइड्रोपावरलाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ ।

मंगलबार साँझ बसेको अपी पावरको सञ्चालक समितिले दिव्य ज्योति हाइड्रोपावर खरिद गर्ने निर्णय गरेको हो । दिव्य ज्योति हाइड्रोपावरले हाल प्रवद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्नु उपयुक्त हुने देखिएकाले कम्पनी खरिद भएको अपीले जनाएको छ ।

खरिदपछि दिव्य ज्योतिका सेयरधनीको सम्पूर्ण सेयर अपीको नाममा हुनेछ । साथै कम्पनीको सबै व्यवस्थापन अपी पावरको स्वामित्वमा रहेर हुनेछ । अपी पावर दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनी हो भने दिव्य ज्योति नयाँ कम्पनी हो ।

साथै अपी पावरको सञ्चालक समिति बैठकले दिव्य ज्योतिलाई प्राप्ति गर्न पूर्ण अधिकारसहित कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेलाई मस्यौदा, शर्त तथा करारनामा गर्ने अख्तियारी दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?