 
																			१७ असोज, काठमाडौं । १२ असोजको बाढीले क्षतिग्रस्त काठमाडौं त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा नेकपा एमालेको विद्यार्थी अनेरास्ववियुले बिहीबार सरसफाइ गरेको छ ।
बाढीले महानगरको वडा नं ११ त्रिपुरेश्वरस्थित सुकुम्बासी बस्तीमा क्षति पुर्याएको थियो । बाढीले पुरिएका संरचनाहरुका कारण बस्तीका बासिन्दा समस्यामा परेपछि आफूहरुले डोजर लगाएर सफा गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज धर्मराज तिमल्सिनाले जानकारी दिए ।
बस्तीको फोहोर उठाएर महानगरको टेकुस्थित संकलन केन्द्रमा पुर्याइएको उनले बताए ।
बस्तीका बासिन्दाले फोहोरका कारण रोग फैलिन सक्ने भन्दै चाँडै सरसफाइ गर्न माग गरेका थिए । तर काठमाडौं महानगरपालिकाले तत्काल सफाइ गर्न नसकिने भनेपछि आफूहरुले सहयोग गरेको तिमल्सिनाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4