
मृत चितुवा । फाइल फोटो
२९ असोज, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ मा एक चितुवा मृत फेला परेको छ ।
चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको हो । चितुवा मृत्युको कारण खुलेको छैन ।
डिभिजन वन कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा मृत फेला परेको चितुवा ४३ इन्च लम्बाइ र २७ इन्च उचाइको छ ।
उक्त चितुवालाई डिभिजन वन कार्यालय, प्रहरी, सामुदायिक वन, वडा कार्यालयका जनप्रतिनिधि र स्थानीयको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4